हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड-माधव समूहमा प्रवेश

११पुस, काठमाण्डौ । नेकपा विभाजन सँगै केन्द्रीय कमिटीका केन्द्रीय सदस्य तथा माननीय सदस्यहरु दुई पक्षमा जाने र आउने क्रममा आज हुम्लाका सांसद छक्कबहादुर लामा नेकपा प्रचण्ड(माधव समूहमा लागेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका उनलाई केन्द्रीय सदस्य बनाइएको थियो । तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको प्रचण्ड(नेपाल समूहमा आएको उनले बताएका छन् । ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरेका छन् ।

सांसद लामाले आज एक वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको बताएका छन् । प्रचण्ड(माधव समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।