८ जना मन्त्री र एक जना राज्यमन्त्री थप्दै मन्त्रीमण्डल बिस्तार

१० मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

थपिने मन्त्रीहरुमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

 

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।