मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त

११ मंसिर, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन् ।
पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।

मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।

त्यसमध्ये प्रचण्ड-नेपाल समुहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । यो प्रदेशमा प्रचण्ड(नेपाल समुह मिलेर मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए उनी सहजै हट्न सक्छन् ।