नेकपाको नाममा भएका सम्पूर्ण सम्पत्तिहरु हाम्रो हो

अध्यक्ष, माधवकुमार नेपाल

१० मंसिर, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गरेका छन् ।

शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गरेका हुन् ।

सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । नेकपाका नाममा भएका जति पार्टी कार्यालयहरु
छन् । सम्पत्तिहरु छन् । त्यो नेकपाकै हुनेछ । हाम्रो हुनेछ ।

तर, पार्टीको नाममा भएका सम्पत्ति बाहेक अरुमा दाबी नरहेको उनले बताए । ‘जहाँसम्म अरु कसैको प्राइभेट कम्पनीहरु छन् भने त्यो प्राइभेट कम्पनीको सम्पत्ति हामी लिँदैनौं ।