Breaking News

ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा काँग्रेसको जोड

७ मंसिर, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक भरखर सकिएको छ । मंगलबार पार्टी कार्यालस सानेपामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धारणा राखेका थिए ।

बैठकमा बोल्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओेलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनका जानुपर्नेमा जोड दिएका थिए । वरिष्ठ नेता पौडेलले ओेलीको असंवैधानिक कदमसँग कुनै तहको सम्झौता गर्न नहुनेमा जोड दिए ।

अन्य नेताहरुले भने चौतर्फी घेराबन्दी हुँदा ओलीले थप असंवैधानिक कदम चाल्न सक्ने भन्दै पार्टी सचेत हुनुपर्नेमा जोड दिएका थिए । काँग्रेसले अर्काे बैठक भोलि बुधबार दिउँसो १ बजेलाई बोलाएको छ ।