७ मंसिर, काठमाडौं । नेकपाभित्रको प्रचण्ड–माधव समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको
छ । मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डसहितको समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताएका छन् ।
यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।
सोबारे छलफल गर्न अहिले नेकपाको बैठक चलिरहेको छ ।