Breaking News

आज देशभरमा ७२२ जना कोरोना भाइरसका संक्रमित थपिए

७ मंसिर, काठमाडौं । आज देशभर थप ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।

त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ ।

आजै ७ हजारमा पिसिआर परीक्षण गरिएको छ ।