Breaking News

संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश

७ मंसिर, काठमाडौं । केपी ओलीले संसदको विघटनसँगै संवैधानिक परिषदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरेको नियुक्ति सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

मंगलबार आफूले सर्वोच्च अदालतमा रिट पेश गरेको रिट निवेदक सुलभ खरेलले जानकारी दिए ।

संवैधानिक परिषदले संसदीय सुनुवाइविनै नियुक्ति सदर गर्ने बदनियतका साथ अख्तियारलगायत विभिन्न संवैधानिक निकायमा ४५ जना पदाधिकारी सिफारिस गरेको जिकिरसहित आफूले रिट दिएको खरेलले बताए ।

’हामीले अन्तरिम आदेशद्वारा त्यसलाई बदर गर्न माग गरेका छौं। संसदीय सुनुवाइलाई छलेर स्वतः नियुक्त गर्ने बदनियतका साथ सिफारिस भएकाले अन्तरिम आदेशबाट बदर गर्न पर्छ भन्ने हाम्रो जिकिर हो,’ उनले भने, ’सर्वोच्च प्रशासनले दर्ता प्रक्रिया सुरू गरेको छ। अध्ययनका लागि भोलिसम्मको समय मागेको छ ।’

संवैधानिक परिषदका बहुमत सदस्यले सिफारिस गर्न सक्ने अध्यादेश अनुसार मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रियसभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले ४५ जना पदाधिकारी नियुक्ति सिफारिस गरेका थिए ।

गत मंसिर ३० गते भएको निर्णय पुस ५ गते बल्ल सार्वजनिक भएको थियो ।

परिषद्ले गरेका निर्णयहरु अब संसदीय सुनुवाइ बेगर नै अगाडि बढ्नेछन्। तर नियुक्तिका लागि ४५ दिनसम्म कुर्नुपर्नेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रेमकुमार राई (प्रमुख आयक्त)

जयबहादुर चन्द (आयुक्त)

किशोरकुमार सिलवाल (आयुक्त)

निर्वाचन आयोग वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)

डाक्टर जानकी तुलाधर (आयुक्त)

राष्ट्रिय मानव अधिकार आयोग तपबहादुर मगर (अध्यक्ष)

मनोज दवाडी (सदस्य)

डा सूर्य ढुङ्गेल (सदस्य)

लिली बस्नेत थापा (सदस्य)

मिन ठाकुर (सदस्य)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग जुद्ध गुरुङ (सदस्य)

अमर राज मिश्र (सदस्य)

महिला आयोग कमलाकुमारी पराजुली (अध्यक्ष)

कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)

विद्याकुमारी सुनार (सदस्य)

दलित आयोग देवराज बिक (अध्यक्ष)

मिना शोब (सदस्य)

परशुराम रम्तेल (सदस्य)

कुञ्ज बराइली (सदस्य)

मेहेने पार्थी (सदस्य)

समावेशी आयोग

मानप्रसाद खत्री (अध्यक्ष)

रामकृष्ण तिमिल्सिना (सदस्य)

हरिदत्त जोशी (सदस्य)

आदिवासी जनजाती आयोग रामबहादुर थापा (अध्यक्ष)

मिनश्रीस मगर (सदस्य)

मिनचुङ लामा (सदस्य)

रिमा राना (सदस्य)

शरण राइ (सदस्य)

मधेशी आयोग

जीवत्व साह (सदस्य)

रेणुदेवी साह (सदस्य)

विजय गुप्ता (सदस्य)

थारु आयोग

विकास चौधरी (सदस्य)

बबिता चौधरी (सदस्य)

सुबोध सिंह (सदस्य)

भोलाराम चौधरी (सदस्य)

मुस्लिम आयोग

मोहम्मदिन अलि (सदस्य)

मिर्जा अरसद बेग (सदस्य)