Breaking News

ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

७ पुस, काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।

मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक स्थायी समिति सदस्यले सेतोपाटीलाई जानकारी दिए ।

‘नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था छ। ओलीलाई कारवाही पछि रिक्त हुने पदमा माधव कमरेड अध्यक्ष बन्नुहुन्छ’, ती स्थायी समिति सदस्यले भने, ’पार्टी एकताको सन्देश दिन पनि दुई अध्यक्ष हुन्छ ।’