Breaking News

नेकपाका ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष

६ मंसिर, काठमाण्डौ । आज बानेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।

सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।