Breaking News

ओलीले पनि भोलि बहान ९ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

६ मंसिर, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।