कोरोनाभाइरस संक्रमण वास्तवमै खतरनाक रहेको तर रोगका नियन्त्रणका लागि बिकल्प अपनाउनु पर्छ

एजेन्सी । एक जना संक्रमण रोग विज्ञले कोरोना भाइरसको संक्रमण फैलिएको बारे आम मानिसहरुले चाहिँदो भन्दा बढी बढाइचढाई गर्दै देखाएको प्रतिक्रियाले रोग आफैंले भन्दा बढी क्षति गर्न सक्ने भनी दिएको चेतावनीसहितको पोष्ट यतिखेर भाइरल भइरहेको छ ।
क्यानडास्थित युनिभर्सिटी अफ टोरन्टोका चिकित्सक तथा संक्रामक रोग विज्ञ अब्दू शरकवीले गत ‘कोरोनाभाइरस संक्रमण वास्तवमै खतरनाक रहेको तर रोगका नियन्त्रणका लागि अपनाइएको आ–आफ्नै चासो अनुसार तरिकाहरु गलत साबित हुँदै गएको’ भनी आफ्नो पोष्टमा लेखेका थिए । आफ्नो पोष्टमा उनले संसारभरि कोरोनाभाइरसको संक्रमण बृद्धि हुँदै जाँदा मानिसहरुमा देखिएको ‘सम्मोहित जस्तै लाग्ने डरको चक्र’ माथि प्रहार गरिएको छ ।
‘म कोभिड–१९ सँग डराएको छैन’

शरकवीले कोरोनाभाइरसको कारण हुने रोगको वैज्ञानिक नाम प्रयोग गर्दै लेखेका छन् । उनले अगाडि लेखेका छन ः ‘म मानिसले गुमाइरहेको तार्किकता र ‘सम्मोहित जस्तै लाग्ने डरको चक्र’ बाट समाजकोृ ठूलो हिस्सामा रोपिएको डरको लहरबाट डराएको छु , जसका कारण मानिसहरु एउटा विश्वव्यापी महाविनाशको बेलामा जस्तै उपभोग्य सामाग्रीको संकलन गर्न थालेका छन् ,जसले एउटा बम सेल्टरलाई पर्याप्त मात्रामा भर्न सक्छ ।
‘म कोभिड–१९ सँग डराएको छैन’ शरकवीले कोरोनाभाइरसको कारण हुने रोगको वैज्ञानिक नाम प्रयोग गर्दै लेखेका छन् । उनले अगाडि लेखेका छन ः ‘म मानिसले गुमाइरहेको तार्किकता र ‘सम्मोहित जस्तै लाग्ने डरको चक्र’ बाट समाजकोृ ठूलो हिस्सामा रोपिएको डरको लहरबाट डराएको छु, जसका कारण मानिसहरु एउटा विश्वव्यापी महाविनाशको बेलामा जस्तै उपभोग्य सामाग्रीको संकलन गर्न थालेका छन्, जसले एउटा बम सेल्टरलाई पर्याप्त मात्रामा भर्न सक्छ ।
‘म अस्पताल तथा अति जरुरी
हेरचाह गरिने क्लिनिकहरुबाट एन ९५ मास्कहरु चोरिएको कुराबाट डराएको छु । अस्पतालमा उपचारको पहिलो पंक्तिमा रहेकाहरुको लागि आवश्यक ती मास्कहरु अहिले ती त विमानस्थल,मल र कफी लन्जमा पुर्रुयाइन थालिएको छ,जसले गर्दा झन बढी डरलाई बढावा दिइरहेको छ र अरुहरुलाई शंकालु पनि बनाइरहेको छ ।
कोरोनाभाइरसको सन्त्रासमाझ पछिल्लो समय पश्चिमा मुलुक तथा अष्ट्रेलियामा ट्वाइलेट पेपर र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभावका समाचार आउन थालेको घटनातर्फ पनि उनले इंगित गरेका छन् ।
अष्ट्रेलियाको सिड्नीको पसलमा ट्वाइलेट पेपरका लागि लडिरहेका ग्राहक भिडियो सार्वजनिक भएपछि अष्ट्रेलिया प्रहरीले सर्वसाधरणलाई स्थिति त्यस्तो खत्तम भइनसकेको कुरा सम्झाउनु पर्यो । उसले सर्वसधारणलाई परिस्थिति ‘प्रलयको जस्तो’नरहेको समेत सम्झाउनु
परेको थियो ।शरकवीले व्यक्तिको सन्त्रासका अतिरिक्त सरकारको कदमले पनि असर गर्ने चेतावनी दिएका छन् । कोरोनाभाइरस विस्तार कम गर्न भन्दै सरकारले यात्रा र व्यापारमा जुन नियन्त्रण गरेको छ, त्यसले मानिसहरुको जीवन र आर्थिक बृद्धिलाई तहसनहस पार्ने पनि उनले चेतावनी दिएका छन् ।
शरकवीका विचारमा कोरोना
भाइरसले इम्युन सिस्टम कमजोर रहेको बुढापाकाहरुलाई बढी असर गर्ने बताएका छन् । ‘वास्तवमा भाइरस आफैले त्यस्तो ठूुलो असर गर्ने देखिँदैन । ‘तर ‘अरु सबै छोडेर आफ्नो लागि लड्ने’ मानिसहरुको व्यवहार र प्रवृत्ति विध्वंशकारी हुन सक्छ । स्रोतः साइन्स एलर्ट