भ्रष्टाचारीले जेलेको नेपालमा कोरोनाको त्रास – समर रोकाया

नेपालमा जनले जो जसले गुलिया र चेपारे कुरा गर्छ त्यसैले भ्रष्टाचार गरेको हुन्छ । त्यसमा त कर्मचारी तन्त्रमा ज्यादै यस्ता गुलिया र
चेपारे कुरा कुदिएका हुन्छन् । मुखमा रामराम बगलीमा छुरा जस्तो व्यहार गर्दछन् । हुन त कम्युनिष्ट सरकारका शक्ति शाली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक सरकारी कार्यालयको ढोकामा मन्त्र नै टास्न लगाएका छन् । “म भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न” भन्ने स्लोक प्रष्टै देख्न सकिन्छ तर उनकै मन्त्रीपरिषद्का मुख्य पात्र को नै ठूलो कमिशनको काण्डमा मन्त्री पद नै चट हुन पुग्यो । यो त
भरखरकै काण्ड भए पनि अरु कति छन् कति । त्यसमा कर्मचारी तन्त्रमा त भनि साध्य छैन । यसरी चलेको नेपाल हो । चीनबाट फैलिएको कोरोना भाइरले नेपालमा त्यस्तो अप्रिय घटना नभए पनि सामाजिक सञ्जालमा भने कोरोनाको बारेमा पढी र हेरिसक्नु छैन । कोरोना लागेर अप्रिय घटना घट्नु कहाँ हो कहाँ सामाजिक सञ्चालले त महामारी र्नै ल्याएको जस्तो छ । कुरै नबुझि, थाहै नपाई जे पायो त्यही लेख्ने, पोटाहरु पोष्ट गर्ने जस्ता हर्कतले आजभोली कोरोना भाइरसे मानवमा त्रास नै फैलाइदिएको छ । त्यसैले यस्ता हर्कतका कार्यमा नलागेर सबैले सजक र सर्तक हुन अनुरोध छ ।