Breaking News

प्रतिनिधिसभा भंग भएको घटनाले आफू मर्माहत भएको छु

६ मंसिर, काठमाण्डौ । पूर्वराष्ट्रपति रामवरण यादवले प्रतिनिधिसभा भंग भएको घटनाले आफू मर्माहत भएको बताएका छन् ।

प्रतिनिधिसभा संसद विघटन हुनु संवैधानिक र नैतिक रूपमा पनि गलत भएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले मुलुकमा पछिल्लो समय भइरहेको संवैधानिक तथा राजनीतिक घटनाले आफू दुःखी र मर्माहत भएको बताएका हुन् ।

‘मलाई संसद भंग गर्ने हिजोको घटनाले मर्माहत र दुःखी बनाएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको कदम संवैधानिक र नैतिक रूपमा पनि मिलेको छैन,’ उनले भने, ‘अदालतले यस विषयमा ध्यान जाओस् ।’

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले अनुमोदन गरेकी थिइन् ।

सरकारले वैशाख १७ र २७ गते चुनावको मितिसमेत घोषणा गरिसकेको छ ।

पूर्वराष्ट्रपति, रामवरण यादव