Breaking News

नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूको बैठक बानेश्वरमा सुरू

६ मंसिर, काठमाण्डौ । विभाजनको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूको बैठक बानेश्वरमा सुरू भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला संसद भवनको ल्होसे हलमा सुरू भएको हो ।

भेला सुरू हुनुअघि सांसदहरूले संसद विघटनविरूद्ध हस्ताक्षर संकलन गरेका छन्। सांसदहरूको हस्ताक्षर संकलन गरेर मंगलबार सर्वोच्च अदालतमा मुद्दा हाल्ने प्रचण्ड(नेपाल पक्षीय सांसदहरूको तयारी छ ।

आजै सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिएको भए पनि अन्य दलका सांसदहरूको पनि हस्ताक्षर संकलन गरेर भोलि सर्वोच्च जाने कुरा भएको एक सांसदले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान आफू पक्षीय सांसदहरूको भेला बालुवाटारमा बोलाएका थिए। उक्त भेलामा सम्बोधन गर्दै ओलीले प्रचण्ड नेकपामा उपाध्यक्षजस्तो हैसियतमा रहेकाले उनको नेतृत्वमा बसेको बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका थिए ।