Breaking News

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीलाई पार्टीले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले कारबाहीको सिफारिस गरेको जानकारी निर्वाचन आयोगलाई दिइएको छ ।

नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका हुन् ।

‘ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय हिजोको स्थायी कमिटी बैठकले गरेको थियो । त्यही जानकारी आयोगमा दिएर आएको हुँ,’ ओलीलाई स्थायी कमिटीले कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय समितिमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हैसियत उपाध्यक्ष बराबरको भएकाले उनको नेतृत्वमा हुने भेला र बैठकले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन् ।