Breaking News

संसद विघटन गरेको विरुद्ध अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु

६ मंसिर, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद विघटन गरेको विरुद्ध अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल सहित कयौं संसद संविधानसभा हल बानेश्वर पुगेका छन् ।