सरकार विज्ञप्तीमा नै सिमित नहोइबक्सियोस्

कदर समाचार
चैत्र १७, काठमाण्डौं । विश्वभरी आतंकसरी फैलिएको कोरोना भाइरसका कारणले नेपालका व्यापारीहरुले खाद्यान्न लगायत ग्याँस तथा अन्य उपभोग्य वस्तु भएर पनि लुकाएर अभाव देखाउन थाले पछि सरकारले खाना पकाउने ग्याँस लगायत अन्य उपोग्य वस्तुलाई मौज्दात नराख्न अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न सर्वसाधारणलाई अपिल गर्दै व्यापारी तथा व्यवसायीलाई अभावको नाममा नलुकाउन समेत अनुरोध गरेको छ ।
बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने भन्दै हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न समेत भनेको छ । बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगम यस महिनाबाट नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको जानकारी गर्दै ग्याँस तथा अन्य सामानको समस्या नहुने भएकोले आवश्यकता भन्दा बढी मौज्दात नराख्न भनेको छ । मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिदै उपभोक्ताहरुलाई विगतमा झै नियमित तरिकाले वस्तुहरु उपभोग गर्न पनि मन्त्रालयले अपिल गरेको छ ।