प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदमसँगै अध्यक्ष प्रचण्डको दौडधुप सुरु

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिसँगै नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले छलफललाई तिब्रता गरेका छन् ।

प्रचण्डलाई भेट्न वरिष्ठ नेता झलनाथ खनाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन् ।

प्रचण्ड र खनालबिच अहिले छलफल भइहरेको छ । अन्य नेतासँग पनि प्रचण्डले छलफल गर्ने उनी निकट स्रोतले बताएको छ ।

नेकपा स्थायी कमिटी बैठक आजै अपरान्ह १ बजेका लागि तय भएको थियो । स्थायी कमिटी बैठकबारे के गर्ने भनेर समेत प्रचण्डले छलफल गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान अकस्मात मन्त्रिपरिषद बैठक राखेर संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।