५ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्न नमिल्ने बताएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिदै नेता फौडेलले अहिलेको संविधानअनुरुप विघटन गर्न नमिल्ने बताएका हुन् ।
संसद विघटन संविधान र लोकतन्त्रको मर्म विपरीत भएको बताउँदै नेता पौडेलले भनेका छन्, ‘अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।’
साथै उनले यसले मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने भएकोले गैरलोकतान्त्रिक कदमको भत्सर्ना गरेका
छन् ।