विवादकै क्रममा कोदालोले हान्दा घटनास्थलमै मृत्यु

४ पुष, स्याङ्जा । एक आफसमा विवाद हुँदा एक व्यक्तिले अर्को व्यक्तिलाई कोदालोले हान्दा हत्या गरेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका–५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले स्थानीय १४ वर्षिय शेर बहादुर थापाको हत्या गरेका प्रहरीले जनाएको छ ।

अधिकांश समय मादक पदार्थको नसामा रहने रानाले सामान्य भनाभनमै थापालाई कोदालोले प्रहार गर्दा थापाको घटना स्थलमै मृत्यु भएको हो । लगत्तै रानालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।