ओलीको फेरी बामदेव कार्ड : गौतमको बोली नै फेरियो

४ पुष, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी मा देखिएको विवादले झनै उग्र रुप लिन थालेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाट गरेर दरै दौडधुप गरेका छन् भने मंसिर १ गते बसेको पार्टीको स्थायी कमिटी बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनौं भनेर फेरी बाम देव कार्ड फ्याकेका छन् ।

ओलीको सोही कार्डबाट बामदेव गौतम उत्साहित मात्र बनेन् यस समावेश हुँदै आएका प्रचण्ड–माधव समूहबाट ओलीको चर्को विरोध गरिरहेका उनी एकाएक आफू गुटगत भेलाको कुनै पनि भेलामा सहभागी नहुने बताएका छन् । त्यसमा उनले आफू निकटस्थहरुलाई टेलिफोन गरेर प्रधानमन्त्री ओलीजीले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव बैठकमै खुशीयाली बाँड्न समेत भ्याएका छन् ।

आज खुमलटारको भेटमा पनि प्रधानमन्त्री ओलीले आफूले छाड्नुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका
छन् । यद्यपि यसबारे औपचारिक प्रतिक्रिया दिन कसैले मानेका छैनन् ।

वामदेव राष्ट्रियसभाको सदस्य भएका कारण संविधानको अहिलेको प्रावधानअनुसार उनी प्रधानमन्त्री बन्न मिल्दैन । गौतमलाई प्रधानमन्त्री बनाउने हो भने ‘राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने’ प्रावधानसहित दुईतिहाई बहुमतबाट संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

आज शनिबार खुमलटारमा भने प्रधानमान्त्री ओलीले यही कार्यकालमै वामदेवलाई बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले त्यसमा आफूहरुको विमती नरहेको बताए । त्यसका लागि तपाईले पहिला राजीनामा दिनुस् न त भन्दा ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ ।