बलिउड फिल्मका निर्माता परवेश सी मेहराको निधन

एजेन्सी

४ पुष, मुम्बई । बलिउड फिल्मका निर्माता परवेश सी मेहराको निधन भएको छ । ७१ बर्षिय मेहराको शुक्रबार निधन भएको
हो । कोरोनाको कारण उनको निधन भएको बलिउड मिडियाले जनाएका छन् ।

करिव एक महिनादेखि उनी कोरोना भाइरस संक्रमणबाट पिडित रहेका थिए ।

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको उपचार भैरहेको थियो । उपचारको क्रममा उनको शुक्रबार साँझ ४ निधन भएको
हो । मेहराले राम जाने, चमत्कार, प्यार के दो पल, अशान्ति, शिकार जस्ता कयौ सुपरहिट फिल्म निर्माण गरेका छन् । उनको निधन प्रति बलिउडका हस्तिहरुले शोक ब्यक्त गरिरहेका छन् ।