श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

४ पुष, दाङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ घोराही उपमहानगरपालिका–३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाएकोमा उपचारको क्रममा देवाको मृत्यु भएको हो ।