मानसिक सन्तुलन गुमाएकी महिला बलात्कृत

४ पुष, बाँके । एक ४८ वर्षीया मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । खजुरा गाउँपालिका–४ कर्णाली बस्ने भारत रुपैडिया घर भएका ३१ वर्षीय राम प्रसाद मिश्र र २६ वर्षीय राम निवास प्रजापतिलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको थियोे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।