१ पुष, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीभित्रको तनाव र विवादका बीच सुरु भएको स्थायी कमिटी बैठक सकिएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।
बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा स्थायी समिति बैठक ५ गते र केन्द्रीय समितिको बैठक १० गते बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्बाट कुनै निर्णय नभएको प्रष्टोक्ति समेत दिएका छन् ।