१ पुष, काठमाडौं । आज देशभरमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
आजै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २९४, ललितपुरमा ७७, कास्कीमा ४५, रुपन्देही र अछाममा २५–२५, बाँकेमा २२, भक्तपुरमा २०, सुनसरीमा १९, मोरङमा १४, नुवाकोट र चितवनमा १६–१६, गोरखामा १४, मकवानपुरमा १३ र झापामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पर्सामा ९, काभ्रे र पाल्पामा ८–८, धादिङ र तनहुँमा ७–७, धनुषा, लमजुङ र प्युठानमा ६–६, स्याङ्जा, अर्घाखाँची, गुल्मी र दाङमा ५–५, ओखलढुंगा, बाग्लुङ र बर्दियामा ४–४, बारा, दोलखा र रसुवामा ३–३ जना संक्रमित भएका छन् ।
बारा, सर्लाही, सिन्धुपाल्चोक, पर्वत, कपिलवस्तु, नवलपरासी, रोल्पा र सुर्खेतमा २र२ र इलाम, उदयपुर, पाँचथर, भोजपुर, संखुवासभा, महोत्तरी, रामेछाप, नवलपरासी पूर्व, रुकुम पूर्व, कैलाली र डडेल्धुरामा १–१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।