संसदको विशेष अधिवेशनको माग गर्न नेकपा सांसद सितलनिवासमा

१ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एकाएक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि तातिएको राजनीतिक माहोलले आज संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

अध्यादेशको विषयमा छलफल गर्न विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेका थिए ।
तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र ८० भन्दा बढी सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको नेताहरुले बताएका छन् । उनको मोवाइल पनि स्वीच अफ रहेको छ ।

आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतल निवास पुगेका नेताहरुले बताएका छन् ।