कुखुरा फर्ममा आगलागी करिब १५ लाखको क्षति

१ पुष, काठमाण्डौ । भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति भएको बताइएको छ ।