गोरखामा यात्रुबाहक बस दुर्घटना २२ घाइते ५ को अवस्था गम्भीर

१ पुष, गोरर्खा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस आज विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताए । धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको उनले जानकारी दिए । उनीहरुलाइ थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।