अध्यादेश संविधानको भावना, नेकपाको सचिवालय र स्थायी कमिटीको निर्णयविरुद्ध

नेकपा का उपाध्यक्ष, वामदेव गौतम

१ पुष, काठमाण्डौ । हिजो मंगलबार सरकारले ल्याएको अध्यादेशमाथि टिप्पणी गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेका छन् ।

अध्यादेशबारे खरो टिप्पणी गर्दै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने बताएका छन् ।

अध्यादेशले ऐन संशोधन गर्न पाइन्छ, संविधान पाइन्न । अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ । कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ । त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ । जवर्जस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ । अहिले त्यही भएको छ ।’

उपाध्यक्ष गौतमले यो अध्यादेश संविधानको भावना, नेकपाको सचिवालय र स्थायी कमिटीको भदौ २६ को निर्णयविरुद्ध भएको पनि बताएका छन् ।

हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो । मन्त्रिपरिषदलाईसमेत थाहा नदिई जारी गरिएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ ।