Breaking News

बालुवाटारमा तीन सदस्यीय संवैधानिक परिषद्को बैठक बसेको छ

३० मंसिर, काठमाण्डौ । सरकारको सिफारिसमा आजै राष्ट्रपतिले संवैधानिक परिषद्को बैठकमा ३ जना सहभागी हुने अध्यादेश जारी सँगै आज मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ ।

बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।

परिषदमा हाल बहाल रहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित छन् । भने उपसभामुख पद हाली नै रहेको छ ।

आज जारी भएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ । र ३ जना सहमत भएमा निर्णय पनि गर्न सक्नेछ ।

विभिन्न संवैधानिक निकायमा गरी रिक्त ४५ सदस्य नियुक्तिका लागि परिषद बैठक बसेको हो ।