उखु किसानको पैसा नदिने चिनी उद्योगीहरुलाई पक्राउ गर्न गृहको आदेश

३० मंसिर, काठमाण्डौ । उखु किसानले आफूले उखुको भुक्तानी नपाएको भनि विभिन्न जिल्लाबाट काठमाण्डौ आएर विरोध र धर्ना दिएपछि आज सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो ।

बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र नेपाल प्रहरीका एक एआइजी पनि सहभागी थिए ।
‘बैठकले किसानको रकम उपलब्ध नगराउने व्यापारीलाई पक्राउ गर्ने निर्णय भएको छ,’ गृह स्रोतले बताएको छ ।