‘अध्यादेश राष्ट्रिय दलहरूको सहमतिको आधारमा ल्याउनु पर्ने हो, राष्ट्रपति कार्यालयले त्यसलाई औपचारिकता मात्रै दिने हो

जसपा अध्यक्ष, उपेन्द्र यादव

३० मंसिर, काठमाण्डौ । सरकारले ल्याएको अध्यादेशबारे बोल्दै जसपाका अध्यक्ष एवजं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले भनेका छन्, संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले मुलुकलाई स्वच्छेचारितातर्फ धकल्ने बताएका छन् ।

सरकारको यो निर्णयले विधि र प्रक्रियामा अनुसार चल्नुपर्नेमा मुलुकलाई स्वच्छेचारितातर्फ डो¥याएको छ । राष्ट्रिय आवश्यकताको आधारमा मात्रै अध्यादेश ल्याउनु पर्ने अध्यक्ष यादवको भनाइ छ । ‘अध्यादेश राष्ट्रिय दलहरूको सहमतिको आधारमा ल्याउनु पर्ने हो, राष्ट्रपति कार्यालयले त्यसलाई औपचारिकता मात्रै दिने हो,’ उनी भन्छन्, ‘राष्ट्रपतिज्यूले पनि मुलुकको राष्ट्रपति भएर सोच्नु पर्दछ ।’

व्यवस्थापिकामार्फत गर्नुपर्ने सार्वभौमसत्ताको अभ्यास कार्यपालिकामार्फत गर्न नहुनेमा उनको जोड छ ।