‘संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक

काँग्रेस सभापति, शेरबहादुर देउवा

३० मंसिर, काठमाडौं । आज मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश बारे आफ्नो प्रतिक्रिया सामाजिक सञ्जाल ट्वीटर मार्फत् दिंदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्रष्ट विमति रहेको बताएका छन् ।

सरकारले परिषद् अध्यक्ष (प्रधानमन्त्री) सहित बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

यसबाट सर्वसत्तावादी सोच प्रष्टिएको सभापति देउवाले बताएका छन् । ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ’ सभापतिले ट्वीट गर्दै भनेका छन्, ‘संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् ।