‘संविधानको मर्म र भावना विपरीत ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस्

काँग्रेस नेता, डा. शेखर कोइराला

३० मंसिर, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले आज जारी गरेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश बारे कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले जारी गरेको अध्यादेश अधिनायकवादको सिँढी भएको बताएका छन् ।

डा. कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यादेश तुरुन्त खारेज गर्न माग गरेका हुन् ।

डा. कोइरालाले ‘संविधानको मर्म र भावना विपरीत ल्याइएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो ।