सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु

काँग्रेस वरिष्ठ नेता, रामचन्द्र पौडेल

३० मंसिर, काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले जारी गरेको अध्यादेश संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ती गर्ने नियतका साथ आएको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत संवैधानिक परिषदको मूल मर्मविपरीत अध्यादेश आएको बताएका छन् । संसद अधिवेशनलाई छल्नका लागि हतार–हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सरकार सर्वसत्तावाद र निरंशुकतातर्फ अघि बढेको बुझिने पौडेल भनेका छन् ।

संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।