पार्टीलाई कुनै पनि प्रकारको जानकारीबिना अध्यादेश ल्याउने कुरा भनेको सरकारको मनपरी हो

नेकपा वरिष्ठ नेता, झलनाथ खनाल

३० मंसिर, काठमाडौं । सरकारको फिारिसमा राष्ट्रपतिले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि सत्तारुढ नेकपामा नेकपा वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले मनपरी गरेको आरोप लगाएका छन् ।

खनालले पार्टीलाई केही पनि थाहा छैन । न पार्टीको सचिवालयलाई न स्थायी कमिटीलाई न केन्द्रीय कमिटी कसैलाई पनि थाहा छैन । यो गम्भीर आपत्तिजनक कदम हो,’ उनले भने, ‘यो बारेमा पार्टीले सोच्छ । पार्टीलाई कुनै पनि प्रकारको जानकारीबिना अध्यादेश ल्याउने कुरा भनेको सरकारको मनपरी हो ।’

अध्यादेश बारेमा पार्टीलेनै उचित निर्णय लिने समेत वरिष्ठ नेता खनाले बताएका छन् ।