पार्टीलाई कुनै जानकारी थिएन । सल्लाह गरेर ल्याउनुपर्थ्यो, संसद खुलाउने बेला अध्यादेशको बाटो रोज्नु सर्वथा गलत हो

नेकपा प्रवक्ता, नारायणकाजी श्रेष्ठ

३० मंसिर, काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपामा तरंग आएको छ । लामो समयदेखि रिक्त संवैधानिक निकायमा नियुक्तिका लाग सरकारले अध्यादेश ल्याएपछि नेकपाको विवाद थप उग्र भएको छ ।

अध्यादेश कै बारेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेश पार्टीमा छलफल नै नगरी ल्याएको भन्दै आपत्ति जनाएका छ्न् । सबारेमा पार्टीलाई कुनै जानकारी थिएन । सल्लाह गरेर ल्याउनुपर्थ्यो, संसद खुलाउने बेला अध्यादेशको बाटो रोज्नु सर्वथा गलत हो’, ’यसबारे अनौपचारिक छलफल भइरहेका छन् । अब औपचारिक छलफल गर्नुपर्ला ।