असफलताको बाटो बाहेक केही अरु केही हुन सक्दैन, ’हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर

स्थायी कमिटी सदस्य, जनार्दन शर्मा (प्रभाकर)

३० मंसिर, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आज संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा नेकपा नेता तथा स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) ले राष्ट्रपतिबाट जारी सो अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् ।

नेता प्रभाकरले शर्माले ट्वीट भनेका छन्, ’फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन नसक्ने बताए । ’हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।’