देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

३० मंसिर, काठमाडौं । देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।
आजै १ हजार ९ सय ९६ जना निको भएर फर्किएका छन् । यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

त्यस्तै, आजै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ३० पुगेको छ ।