म हिन्दुराष्ट्रको पक्षमा छु, तर, संघीयताको विरोधमा म होइन

महामन्त्री, शशांक कोइराला

९ मंसिर, विराटनगर । नेपाली काँग्रेसले आज आज देशभरी गरेको सरकारी विरोधी कार्यक्रम गरेको छ । सोही पार्टीका महामन्त्री डा. शशांक कोइरालाले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको दोहो¥याएका छन् । कांग्रेसको आगामी महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा उठ्ने बताउँदै कोइरालाले हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताए ।

‘म हिन्दुराष्ट्रको पक्षमा छु, तर संघीयताको विरोधमा होइन,’ सोमबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा डा. कोइरालाले भने, ‘कांग्रेसले सरकार बनाएको खण्डमा राजनीतिक स्थिरता आउँछ । अनि त्यसबेला जनमत संग्रह गराएर हिन्दुराष्ट्र हुने हो कि धर्मनिरपेक्ष हुने हो, त्यो निर्णय गर्नुपर्छ ।’

महामन्त्री कोइरालाले आगामी फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । तर, महाधिवेशनमा हिन्दुराष्ट्रको मुद्दा उठ्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ, हाम्रो अधिवेशनमा हिन्दुराष्ट्रका बारेमा कुरा उठ्छ । धेरै मान्छेले कुराहरु उठाउँछन् । त्यसमा मलाई लाग्छ, नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।’

वीपी कोइरालाले कम्युनिस्टहरुसँग कहिल्यै सहकार्य गर्न नहुने लाइन लिएको सुनाउँदै वीपीपुत्र शशांकले ०४६ पछि कांग्रेसले कम्युनिस्टहरुसँग सहकार्य गरेर गल्ती गरेको बताए ।

विराटनगरमा सोमबार विभिन्न सञ्चार माध्यममा पत्रकारले सोधेका प्रश्न र महामन्त्री कोइरालाले दिएको जवाफको सम्पादित अंश हामी यहाँ उर्तान चाहन्छौ. ।

सरकार बनेको तीन वर्षपछि कांग्रेसको शक्ति प्रदर्शन किन ?

अहिले सतहत्तरै जिल्लामा हामीले जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने निर्णय गरेका हौं । मेरो दृष्टिकोणमा, यो म व्यक्तिगत भन्दैछु, यसलाई निरन्तरता दिइरहनुपर्छ । अहिले विरोध भयो, फेरि भोलि सेलाएर जाने हैन कि यसलाई आउँदो दिनमा अरु प्रदर्शनहरु गर्नुपर्ने हुन्छ ।

किनभने, यो सरकार छ कि छैन भन्ने पनि अनुभूति जनतालाई भइरहेको छैन । सरकारको उपस्थिति छैन । उपस्थिति कहाँ हुन्छ, गलत ठाउँमा हुन्छ । जस्तो कि– रामचन्द्र दाइलाई त्यस्तो गर्नुपर्ने आवश्यकता नै थिएन । जबकि त्यहाँ (तनहुँ) को पुल उदघाटनमा पालिकाले नै उहाँलाई बोलाएको थियो । त्यसमा पनि उनीहरु (नेकपा) ले विरोध गरे । यो त भएन नि । हाम्रो भनाइ के हो भने सरकारले गरेको ज्यादतीको विरोध गर्नुपर्छ । तसर्थ हामीले यो विरोध प्रदर्शन गरेका हौं ।

ओली सरकारको जुन सर्वसत्ताको विरोध गरिराख्नुभएको छ, आफ्नै पार्टीमा देउवाको सर्वसत्तावादको विरोध चैं कहिलेदेखि सुरु गर्नुहुन्छ ? उहाँले सर्वसत्तावाद लागू गरेको चैं पचिसक्यो कि क्या हो ?

हैन, हैन । त्यो त हामीले अधिवेशनमा देखाउनुप¥यो नि । त्यो त अधिवेशनले निर्णय गर्छ । आउँदो अधिवेशनमा शेरबहादुरजी पनि चुनाव लड्नुहुन्छ होला । अनि उहाँलाई परास्त गर्नुपर्र्यो, म त्यसरी त भन्दिनँ, तैपनि त्योबेला निर्णायक भूमिका त कार्यकर्ताको हुन्छ नि ।

हिजो मात्रै संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । २०/३० महिनादेखि संवैधानिक अंगमा नियुक्तिहरु भएका छैनन्, जुनचाहिँ लोकतन्त्रको आधार स्तम्भ हो । तर, प्रतिपक्षी दलकै नेता नगइदिने । कहिले कता, कहिले कता गैदिने । भनेपछि त या संविधान कार्यान्वयनमा अवरोध त सबैभन्दा बढी कांग्रेसले ग¥यो नि हैन ? त्यो पनि देउवाले‘ हैन, म त्यसरी हेर्दिनँ । सबभन्दा कमजोरी त यो कम्युनिस्ट सरकारकै हो । उनीहरुले बोलाउनुपर्र्यो नि मिटिङ । शेरबहादुरजी त जानुहुन्छ नि । मिटिङ नै नबोलाउने अनि ।

खोई, हिजो जानुभएन त ? त्यसमा पनि आफ्नो मान्छेलाई भागवण्डा खोजिरहनुभएको छ, ग्यारेन्टी भएपछि मात्रै जाने हो कि ? बैठक पटक–पटक डाकियो, तर जानुभएन, त्यो गलत हो कि होइन ?

मेरो दृष्टिकोणमा त्यो गलत हुन्छ ।

यो सरकार विकेन्द्रीकरणको नीतिको विरोधी हो । यो सरकार संघीयताको विरोधी हो । यो सरकार संघीयताको पक्षमा छैन । नेकपाको सरकार फुट्छ अनि एउटा समूहसँग मिलेर सरकार बनाउँला भनेर बूढानीलकण्ठ च्याँखे थापेर बसिराखेको हो कि ?

हैन । त्यो म भन्न सक्दिनँ, शेरबहादुरजीको के सोचाइ छ । तर, म स्पष्टताका साथ तपाईहरुलाई के भन्छु भने हामी सरकारमा जाँदैनौं । जानुहुन्न । किनभने साढे ३ वर्षसम्म केही गरेनन् । हामी सरकारमा गयौं भने त्यो आरोप हामीलाई पनि लाग्छ । त्यसैले हामीले त कम्युनिस्ष्ट पार्टी फुटिहाल्यो भने पनि बाहिर बसेर समर्थन गरौंला एउटा पक्षलाई । तर, सरकारमा जाँदैनौं ।

सडकमा एकातिर नेपाली कांग्रेस आएको छ, अर्कातिर राजवादीले पनि हिन्दुराष्ट्र र संघीयताको विरोध, अनि संवैधानिक राजसंस्थाको कुरा गरिराखेका छन् । दुईवटा (हिन्दु राष्ट्र र संघीयताको विरोध) मा त तपाईंको पनि समर्थन छ नि हैन ?

म हिन्दुराष्ट्रको पक्षमा छु, त्यो ठीक भन्नुभयो तपाईंले । तर, संघीयताको विरोधमा म होइन । संघीयता भनेको विकेन्द्रीकरणको अन्तिम चरण नै संघीयता हो । तर, हामीले यो अभ्यास गर्न अहिलेको सरकारले सकेको छैन । जस्तो कि बजेट बाँडफाँट गर्दाखेरि प्रदेशलाई दिनुपर्ने हो कि हैन बजेट ? सबै केन्द्रीकृत गरेको छ सरकारले । जबकि प्रदेशलाई दिनुपर्ने हो । तल्लोस्तरमा, गाउँस्तरमा चाहिँ दिएको छ । तर, प्रदेशस्तरमा उनीहरुले बजेट वितरण गरेका छैनन् । केन्द्रीकृत चलाइराखेका छन् । त्यसो हुनाले यो सरकार विकेन्द्रीकरणको नीतिको विरोधी हो । यो सरकार संघीयताको विरोधी हो । किनभने, सरकारले चाहेको खण्डमा त संघीयतालाई झन् बलियो पार्नुपर्ने हो नि । तर, उसको क्रियाकलापले के देखिन्छ भने यो सरकार संघीयताको पक्षमा छैन ।

देशमा भएका विभिन्न परिवर्तनमा कांग्रेसले कम्युनिस्टसँगै सहकार्य गरेर अगाडि बढेको इतिहास छ । अब पनि कम्युनिस्टसँग सहकार्य गर्नुपर्छ कि कांग्रेस एक्लै हिँड्छ ?

मेरो धारणा के हो भने बीपी कोइराला कहिल्यै पनि कम्युनिस्टसँग मिलेर जाने पक्षमा हुनुहुन्नथ्यो । तपाईलाई म स्मरण गराउन चाहन्छु, जनमत संग्रहताका वीपीलाई भेट्न चाबहिलमा बस्दाखेरि कम्युनिस्टका नेताहरु आए । उहाँले भन्नुभयो, हामी एक्लै जान्छौं, तपाईहरुलाई निर्दलमा भोट गर्नु छ कि बहुदलमा गर्नुछ, त्यो गर्नोस् । तर, तपाईहरुको पनि अस्थित्व जोगियोस्, हामीसँग नमिल्नोस् । यसरी वीपीले कहिल्यै पनि (कम्युनिस्टसँग) मिल्न खोज्नुभएन ।

२०४६ सालमा हामी मिल्यौं, त्यो दुर्भाग्य हो । तपाईंहरुले यो लेख्दिए हुन्छ । यो दुर्भाग्य किन हो भने कम्युनिस्टहरुलाई कांग्रेसले स्थापित गरेको हो । कम्युनिस्ट संसारभरि लोप भैसक्याथ्यो । त्यो बेला कम्युनिस्टहरुसँग मिलेर उनीहरुलाई हामीले शक्तिमा ल्यायौं, त्यो गलत थियो । किनभने वीपी कोइरालाले कम्युनिस्टसँग मिल्न कहिल्यै पनि मान्नुभएको थिएन ।

वीपी कोइराला स्वयं १६र१७ वर्षको हुँदाखेरि कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँले राजनीति सुरु गरेको कम्युनिस्टबाट । जब भारतमा जेल पर्नुभो, हजारीबाग जेलमा उहाँले अध्ययन गर्नुभो । त्यसपछि वीपीले भन्नुभो, तिमी १६र१७ वर्षको छौ र कम्युनिस्ट छैनौ भने तिम्रो हृदय छैन । तिमी २२र२३ वर्षको छौ र त्यही पनि कम्युनिस्ट छौ भने तिम्रो दिमाग छैन ।

वीपी कोइरालाले जे भने पनि कांग्रेस आगामी दिनमा कम्युनिस्ष्टसँग सहकार्य गरेर अगाडि बढ्छ कि बढ्दैन ?

अहँ । मेरो पनि वीपी कोइरालाकै लाइन हो । कम्युनिस्टहरुसँग हामी मिल्न सक्दैनौं ।

वीपीबाबुले त यो पनि भन्नुभएको थियो नि, मेरो र राजाको घाँटी जोडिएको छ । तपाईंहरुले राजालाई हटाउनुभो नि‘.?

यो हाम्रो गल्ती होइन । ज्ञानेन्द्र सरकारले जब सत्ता सम्हाले, तब उनले आफ्नो क्षमता त्यहीबेला देखाए कि उनी राजा बन्ने योग्य नै थिएनन् । त्यसर्थ गिरिजाबाबुले नै बाध्य भएर राजतन्त्रलाई हटाउनुभएको हो ।

गिरिजाबाबुले बेबी किङ पनि भन्नुभएको थियो । अब बेबी किङको चाहिँ सम्भावना छ ?

अहिलेको अवस्थामा मलाई लाग्दैन कुनै सम्भावना छ राजा आउने ।

बेबीकिङ चाहिँ ?

छैन । म सम्भावना देख्दिनँ । तर, जहाँसम्म हिन्दुत्वको कुरा हो, हिन्दुराष्ट्रको कुरा हो, त्यसमा चैं अब मलाई लाग्छ, हाम्रो अधिवेशनमा पनि हिन्दुराष्ट्रका बारेमा कुरा उठ्छ । धेरै मान्छेले कुराहरु उठाउँछन् । र, त्यसमा मलाई लाग्छ, नेपाली कांग्रेसले पनि पुनर्विचार गर्नुपर्छ ।

जनमतसंग्रह गरेर हिन्दुराष्ट्र ल्याउने कि ? संविधान संशोधनबाट त हुँदैन होला‘। भन्दिनु न, कसरी ल्याउने ?

जनमत संग्रह नै गर्नुपर्छ । किनभने, जब राजनीतिक स्थिरता आउँछ, नेपाली कांग्रेसले सरकार बनाएको खण्डमा राजनीतिक स्थिरता आउँछ । अनि त्यसबेला जनमत संग्रह गराएर हिन्दु राष्ट्र हुने हो कि धर्मनिरपेक्ष हुने हो, त्यो निर्णय हामीले गर्नुपर्छ ।

कांग्रेसको महाधिवेशन नजिकै आउँदैछ । कोइराला परिवारबाटै यहाँले पनि सभापतिमा उम्मदेवारी घोषणा गर्नुभएको छ र डा. शेखर कोइरालाले पनि घोषणा गर्नुभएको छ । कोचाहिँ सभापतिको उम्मेदवार बन्नुहुन्छ ? दुवै जना कि ?

त्यो त हाम्रोबीचमा कुरा हुनुप¥यो । पहिले त साथीहरुसँग कुरा गर्नुप¥यो । अनि नेताहरुसँग कुरा गर्नुप¥यो । हामी भरसक एउटै व्यक्तिलाई उठाउँछौं । भरसक । सकेसम्म ।

पहिल्यै कुरा गरेर उठ्ने घोषणा गरेको भए पो राम्रो हुन्थ्यो । पहिले नै घोषणा गर्ने अनि‘. यो के हो भने रेस (दौड) भन्छन् नि । रेसमा जसले अगाडि बोल्यो, त्यो नै अगाडि बढ्ने कुरा हो । तर, मेरो दृष्टिकोणमा तपाईले भनेको कुरा ठीक हो, हामीले पहिले कुरा गरेर, अलि सम्वेदनशील भएर उम्मदेवारी दिनुपर्ने हो हाम्रोतर्फबाट ।

देउवा र तपाईंबीचमा समीकरण भएको छ भन्ने कुरो पनि आएको छ नि ?

छैन त्यस्तो केही । धेरै पहिले, दुईरतीन वर्ष पहिले भन्नुभएको थियो । तपाईं वीपीको छोरो हो, तपाईंलाई नै सभापति बनाउँछु भन्नुभएको हो । तर, त्यो पुरानो कुरा हो । अहिले यो लागू कसरी हुन्छ ? उहाँ आफैं लड्नुहुन्छ ।

देउवाले तपाईंलाई नै सभापतिको उम्मेदवार बनाउनुभयो भने नि ?

त्यो त झन् जाती भयो नि ।

अहिलेसम्म जिल्लामा सदस्यताको विवाद टुंगिएकै छैन, आउँदो निर्वाचन पनि नजिकै छ‘..

सबभन्दा पहिले त हामीले आफ्नो अधिवेशन सम्पन्न गर्नुप¥यो । फागुन ७ गते भनिएको छ । मेरो दृष्टिकोणमा फागुन ७ गत हुन सक्ने सम्भावना छैन । किनभने मंसिर मसान्तसम्म क्रियाशील सदस्यहरुको विवरण जिल्ला जिल्लाबाट पठाउनुपर्ने हो । मलाई लाग्छ, मोरङले पनि पठाएको छैन होला । अधिराज्यभरि कहीँबाट पनि आएको छैन । त्यो आइसकेपछि त्यसमा दाबी विरोध हुन्छ । त्यसका लागि कम्तिमा तीन महिना चाहिन्छ । भन्नाले मंसिर, पुस, माघ । फागुन पनि लाग्न सक्छ । त्यो भइसकेपछि अनि भोटर लिस्ट बन्छ, अनि अधिवेशन गराए पनि हुन्छ ।

त्यहीबेला कोभिड बढ्यो भने नि ?

कोभिडको समस्या होइन, तपाईंहरु कस्तो बुझ्नुहुन्न । बिहारमा चुनाव हुन सक्छ । कोभिडको पिकमा बिहारमा चुनाव भएको
छ । अमेरिकामा चुनाव भयो । भनेपछि, त्यस्तो कोभिडको महामारीमा बिहारमा चुनाव हुन सक्छ भने हाम्रोमा किन हुन
सक्दैन ?

त्यसोभए फागुनमै चैं महाधिवेशन किन हुँदैन त ?

फागुनमा किन हुँदैन मैले भनिहालें नि । तीनरचार महिना त दाबी विरोधमा नै लाग्छ ।

तपाईं नै महामन्त्री हुनुहुन्छ, अहिलेसम्म भोटर लिस्ट किन नबनेको ?

भोटर लिस्ट कसरी बनाउने ? जब जिल्लाबाट नाम आउँछ नि, अनि भोटर लिस्ट बन्छ ।

कतिपय जिल्लामा त फारम नै पठाइएको छैन रे नि ?

हैन हैन, फर्म सबै ठाउँमा पठाएको छ । नपठाएको होइन ।

अन्तिम डेटलाइन कहिले त महाधिवेशनको ?

भदौ हो । भदौपछि गयो भने क्राइसिस आउँछ । भदौभन्दा पहिले नै गर्नुपर्छ । म त भन्दैछु, जेठमा गर्नुपर्छ । असारको पहिलो हप्ता पनि गरे हुन्छ, नत्र बर्खा लागेपछि त हुन सक्दैन ।

आज कांग्रेसले गरेको प्रदर्शन सर्वसत्तावादका विरुद्ध भनिरहँदाखेरि जनजिविकाका विषयचाहिँ कांग्रेसले उठाउन सकेको छैन । जस्तो– मजदुरका समस्या, किसानका समस्या । किसानहरु अहिले काठमाडौं गएर आन्दोलनमा
छन् । बेरोजगारहरु लर्को लागेर रोजगारीको खोजीमा छन् । जुनसुकै सरकार आए पनि यो वर्गको सम्वोधन भएन भन्ने छ नि ?

अबको राजनीति भिन्नै किसिमको हुन्छ । अहिलेसम्म त हामी संविधानकै खोजीमा थियौं । संविधान आइसकेपछि राष्ट्रमा पहिले राजनीतिक स्थिरता हुनुपर्र्यो । अनि त्यसपछि विकासका काम । विकासका काम भन्नेवित्तिकै मजदुर र किसान नै प्रमख पात्रहरु हुन्, जसले कि विकास ल्याउन सक्छ । किसानले त झन् ल्याउन सक्छ ।

तपाईं हेर्नोस्, सिक्किममा, भुटानमा अर्गानिक फार्मिङ गरेर भरतलाई सप्लाई गर्दैछन् । हाम्रो यत्रो मलिलो माटो छ । १७ लाख हेक्टर खेतीयोग्य जमीन छ । यसले ३ करोड हैन, ९ करोड जनतालाई खुवाउन सक्छ । पानीको यत्ति धेरै सम्भावना छ ।

हाइड्रोको त छँदैछ, पर्यटन कोभिडले खाइदियो, अब हाम्रा लागि कृषि नै हो । कृषितर्फ हामी जानुपर्छ । फलफूलको खेती अथवा तराईमा धान, गहुँको खेती गर्ने । तर, अग्र्यानिक फार्मिङ । युरोपमा म अस्ति गएको थिएँ, त्यहाँ अग्र्यानिक फार्मिङ यत्ति धेरै पपुलर छ । टनेल बनाएर उनीहरुले अग्र्यानिक फार्मिङ गर्छन् । गोलभेडाहरु टनेलमा फलाउँछन् ।

कम्युनिस्ट संसारभरि लोप भैसक्याथ्यो । त्यो बेला कम्युनिस्टहरुसँग मिलेर उनीहरुलाई हामीले शक्तिमा ल्यायौं, त्यो गलत
थियो । किनभने वीपी कोइरालाले कम्युनिस्टसँग मिल्न कहिल्यै पनि मान्नुभएको थिएन ।

त्यही किसिमको अब हामीले युवाहरुलाई परिचालन गर्नुपर्र्यो । ६० प्रतिशत (जनता) ४० वर्षभन्दा मुन्तिरका छन् । उनीहरुलाई कृषिमा आकर्षित गर्नुपर्र्यो । कृषि युनिभर्सिटी खोल्नुपर्र्यो । त्यो रामपुरको युनिभर्सिटीजस्तो होइन । ट्रेनिङ दिने युनिभर्सिटी । मेरो विचारमा त्यो सबैभन्दा राम्रो बर्दियामा हुन्छ ।

तपाईंले जुन राजनीतिक स्थिरताको कुरो गर्नुभयो, दुईतिहाई बहुमत हुँदा पनि राजनीतिक स्थिरता देखिएन । अबचाहिँ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति बनाएर जाँदा राम्रो हुन्थ्यो कि ?

हामी संसदीय प्रजातन्त्रमा विश्वास गर्छौं । दलहरुमा विश्वास गर्छौं । त्यसैले दलहरुको नेतृत्वमा सरकारमा जाने हो । प्रत्यक्ष निर्वाचितले अर्को एउटा अतिवाद जन्माउने डर हुन्छ । उसले के भन्छन भने म किन प्रधानमन्त्रीबाट हट्ने ? मलाई त सबैले चुनेका हुन् । उसमा अतिवादी सोच आउँछ । हिटलरको जस्तो सोच आउँछ । त्यसैले सन्तुलित हिसाबले राजनीति गर्ने हो भने जुन अहिलेको व्यवस्था छ, यसैलाई टेकेर हामी जानुपर्छ ।

अहिले नेकपामा पाँचजना एकातिर छन्, अरु अर्कातिर । कांग्रेस प्रतिपक्षमा बस्दाखेरि त गुट निमिट्यान्न भएको छैन, बहुमत ल्याएर सरकारमा कांग्रेस गए पनि उस्तै त होला नि ?

हैन । हाम्रो अधिवेशन हुन्छ । अधिवेशनमा राम्रो नेतृत्व आउँछ । त्यो नेतृत्वले परिवर्तन ल्याउँछ । त्यसमा विश्वास राख्नोस् ।

अनलाइनखबर