ग्वार्कोस्थित पेट्रोल पम्पमै पार्किङ गरिरहेको ट्याङ्करमा आगलागी

२९ मंसिर, ललितपुर । ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्पमै पार्किङ गरिरहेको अवस्थामा एक ट्याङ्करमा आगलागी भएको
छ ।

हिजो आइतबार राति सवा ६ बजे ग्वार्कोको उज्जवल पेट्रोल पम्पमा रहेको ट्याङकरमा आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार ललितपुरका दुई वटा र काठमाडौंको एउटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा आएको छ ।

’१०–१५ मिनेट भयो आगलागी निन्त्रणमा आएको,’ उनले सेतोपाटीसँग भने,’ट्याङ्करको अगाडि भागबाट आगलागी सुरु भएको रहेछ ।’

महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक विजय तिमिल्सिनाका अनुसार ना ६ ख ९७४ नम्बरको ट्याङ्करमा आगलागी भएको हो ।

’ट्याङ्करको ब्याट्री सर्ट भएर आगलागी भएको हो। त्यो ट्याङ्करमा पूर्ण रूपमा क्षति पुगेको छ,’उनले भने, ’अरू पाँच वटा मोटरसाइकलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ ।