गुडिरहेको बसमा आगलागी

२९ मंसिर, काठमाडौं । तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो ।

बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए ।

‘बसमा १२÷१३ जना यात्रुहरू हुनुहुन्थ्यो,’ चालक चौधरीले भने ‘एकाएक आगो बलेपछि मैले सबै यात्रुलाई नआत्तिएर एक एक गरि झर्न सुझाए र कुनै मानविय क्षति भएन ।’

चालक चौधरीले बसमा पुरै आगो दन्किएको र आगो निभाउनका लागि बारुण यन्त्रलाई खबर गरेपनि आइनपुगेको सेतोपाटीलाई बताए ।

‘बस त सबै ध्वस्त भइसक्छ जस्तो छ,’ चौधरीले भने ‘अब दमकल आएपनि काम छैन ।’

उनले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए ।

‘आगोदेखिए पछि बस रोकेर निभाउने प्रयास ग¥यौं, तैपनि सफल भएनौं,’ चौधरीले भने ।