काठमाण्डौ चिसो ज्यादै बढ्दै आजको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम हो ।

तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ ।

मौसमविद निराजन सापकोटाले भने, ‘सोमबार बिहान पौने ६ बजे रेकर्ड गर्दा काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस पाइयो, यो यस वर्षकै कम तापक्रम हो ।

आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

आज प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को पहाडी क्षेत्रको एक–दुई ठाउँमा हल्का पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिम क्षेत्रको हिमाली भूभागमा हल्का हिउँ पर्ने सम्भावना पनि छ ।