३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जना पक्राउ

२८ मंसिर, काठामण्डौ । ३८ तोला सुनको गहना चोरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका( २ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका काभ्रेका ५ युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका(५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका(११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका(१ का २३ वर्षका राम तामाङ, धुलिखेल(७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल( १ का १८ वर्षका राजन तामाङ रहेका छन् ।

माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो । उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी परसर काठमाडौंले जानकारी दिएको छ ।

प्रहरीले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ । प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट२३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको प्रहरीले बताएको छ ।