चाँगुनारायणमा विश्वकै अग्लो त्रिशुल स्थापना हुने

२८ मंसिर, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ ।

महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गरे ।

उनले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताए। उनले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राखेका थिए ।

त्रिशुलडाँडामा कूल चार करोड ४२ लाख ११ हजार ९१३ रूपैयाँको लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ ।

(रासस)