पूर्वसांसद कमानसिंह लामाको निधन

२५ मंसिर, काठमाण्डौ । पूर्वसांसद तथा दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

कोरोना संक्रमण देखिएका लामाको गए राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

काभ्रेका लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

उनी जीवनभरी नेपालको कम्युनिस्ट आन्दोलनमा सामेल भए ।

लामा पहिचानको आन्दोलनमा समेत सहभागी भएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।

इमान्दार नेताको रुपमा चिनिने लामा कोरोना संक्रमणपछि १५ दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत थिए ।