मंसिर २८ गते आइतबारदेखि मनकामना मन्दिर र केवलकार खुला गरिने

२४ मंसिर, काठमाण्डौ । गएको चैत्र देखि बन्द अवस्थामा रहेको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि खुल्ने भएको छ ।

मनकामना मन्दीर र केवलकार कोरोनाको जोखिम र स्वास्थ्यको जोखिम भएको बन्दे बन्द गरिएको मनकामना स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी भक्तजनका लागि पूजाआजाका लागि खुला गर्न लागिएको हो ।

कोरोनाभाइरस महामारीपछि मन्दिरमा पूजाआजा गर्न भक्तजनलाई रोक लगाइएको थियो। दैनिक पूजा भने पूजारीले गर्दै आएका थिए ।

मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको स्थानीय बासिन्दा नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।