माधव धोकेबाज हुन, नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नु होस् तपाई हामी मिलौं

केपी ओली

२४ मंसिर, काठमाडौं । नेकपा का दुई अध्यक्षबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको छ । उच्च स्रोतका अनुसार, भेटवार्तामा ओलीले प्रचण्डलाई दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् । उच्च स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपाल सहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, भनेर ओलीले प्रचण्डसँग प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री ओलीले तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए ।

प्रधानमन्त्री ओलीको जवाफमा प्रचण्डले दुई अध्यक्षबीच नभई पार्टी कमिटीबाटै निर्णय लिनुपर्ने बताएका छन् ।
‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु’ प्रचण्डको भनाइ थियो, ‘३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका
छौं । सँगसँगै लडेका छौं ।

विद्यार्थी, शिक्षक र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले संस्मरण गरेका थिए । प्रचण्डले जनयुद्ध कालदेखि शान्ति प्रक्रियासम्म एमालेको प्रमुख नेताका रुपमा संगत गरेको ओलीलाई बताएका थिए ।

पूर्वएमाले मिल्ने भन्दै माधव नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीकै प्रस्ताव गर्दा पनि नमानेको प्रशंग ल्याउँदै प्रचण्डले ओलीलाई उल्टै सम्झाउने प्रयास गरेका थिए । तर अध्यक्ष ओलीले भने ‘अझै सोच्नूस्’ भनेका छन् ।